फाइल तस्बिर

राजनीति

राष्ट्रपति भण्डारी सुनसरी जाँदै

By खबरहब

January 15, 2023

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै छिन्।

आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उनी केहीबेरमा काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र पुग्ने र त्यसपछि अन्य धामको दर्शन तथा पूजाका लागि लाग्ने छिन् ।