ब्रेकिङ स्टोरी

पोखरा विमान दुर्घटना : उद्धार जारी 

By खबरहब

January 15, 2023

काठमाडौं- काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।

अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायत स्थानीयले उद्धार गरिरहेका छन् । 

घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोँचमा दुर्घटनाग्रस्त भएको हो ।