ब्रेकिङ स्टोरी

सोमबार शोक बिदा दिने सरकारको निर्णय

By खबरहब

January 15, 2023

काठमाडौँ : पोखरमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका मृत्तकहरुको शोकमा सरकारले सोमबार बिदा दिएको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृत्तकहरुको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

उनका अनुसार दुर्घटनामा ज्यान गुमाएका मृत्तकलाई श्रद्धाञ्जली दिन र मृत्यु भएका व्यक्तिहरुको शोकमा बिदा दिइएको हो । पोखराको सेती नदी खोँचमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा सवार रहेका ७२ जनाकै मृत्यु भएको आशंका गरिएको छ ।

विमानमा ६८ जना यात्रु र चार जना पाइलटसहित क्रु मेम्बर थिए ।