फाइल तस्बिर

देश/प्रदेश

विमान दुर्घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

By खबरहब

January 15, 2023

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी हुन् ।

“यती एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु”, राष्ट्रपतिले जारी गरेको ट्वीटमा उल्लेख छ ।