प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

सन् २०२२ मा पाकिस्तानको बलुचिस्तानमा १९५ जनाको गैरन्यायिक हत्या

By खबरहब

January 15, 2023

काठमाडौँ– सन् २०२२ मा पाकिस्तानी सेनाले मुलुकको बलुचिस्तान प्रान्तमा १ सय ९५ जनाको गैरन्यायिक हत्या गरेको खुलेको छ । बलुच राष्ट्रिय अभियानको मानव अधिकारवादी संस्था पाङ्कले जारी गरेको प्रतिवेदनमा सन् २०२२ मा पाकिस्तानी सेनाले बलुचिस्तानका १ सय ९५ जनाको गैरन्यायिक हत्या गरेको उल्लेख छ ।

भारतीय आर्थिक पत्रिका इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार मानव अधिकार प्रतिवेदनमा सन् २०२२ मा अरु ६ सय २९ जनालाई जबरजस्ती बेपत्ता बनाइएको उल्लेख छ । यसबाहेक बलुचिस्तानका अरु १ सय ८७ जना पाकिस्तानी सेनाबाट यातनाको सिकार भएको समेत प्रतिवेदनमा जनाइएको छ ।

बलुचिस्तानमा तैनाथ पाकिस्तानी सेनाको प्रतिआतंकवाद र फ्रन्टियर कोर एकाई यस्तो गतिविधिमा संलग्न हुने गरेको पाङ्कको दाबी छ ।

पाकिस्तानी सेनाले मुठभेढका नाममा व्यक्तिको गैरन्यायिक हत्या गर्ने गरेको बताइएको छ ।