समाचार

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

By खबरहब

February 15, 2023

मोरङ – हात्तीपाइले रोगविरुद्धको औषधि मोरङमा यही फागुन ११ गतेदेखि खुवाउने तयारी गरिएको छ ।

औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहताले जानकारी दिए ।

मोरङमा यस अघि ११औँ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो । “सफलता प्राप्त नभएपछि १२औँ पटक औषधि खुवाउन लागेका छौँ”, प्रमुख मेहताले भने– “यो अभियान १४ दिनसम्म सञ्चालन गर्छौँ ।” गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले जुकाको औषधिसहित तीन प्रकारको औषधि खानुपर्ने हुन्छ ।