फाइल तस्वीर

राजनीति

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्ने

By खबरहब

February 15, 2023

विराटनगर – प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ ।

अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ मा स्थगित भएको प्रदेशसभाको बैठक आज बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम रहेको छ । गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स्थगित रहँदै आएको थियो ।