फाइल फोटो

राजनीति

राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्व बढाउँछ : शंकर पोखरेल

By खबरहब

February 15, 2023

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने बताएका छन्।

वर्तमान सत्ता समीकरण भत्कन सक्ने आकलन भइरहेका बेला एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरेका हुन्।

उनले राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने भन्दै मुलुकको हितमा स्थायित्वको खोजी गरी स्थायित्वलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिएका छन्।

‘अस्थिरताले विकास र समृद्धिलाई मात्र होइन, स्वाधीनता र स्वाभिमानको यात्रामा समेत अवरोध पुर्याउछ भन्ने कुरा बुझ्न ढिला भएन र ?’ उनले ट्विटरमा प्रश्न गरेका छन्।