फाइल तस्वीर ।

राजनीति

‘सरकारले ऐन संशोधन गरेर भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिन खोजेको छ’

By खबरहब

February 15, 2023

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देश अहिले भ्रष्टाचारको महारोगबाट आक्रान्त बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले स्रोत नखुलेको सम्पत्ति वैध बनाउन सरकारले ऐन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएका हुन्।

‘ऐन संशोधन गरेर स्रोत नखुलेको सम्पत्ति वैध बनाउनु भनेको भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षडयन्त्र हो।’ उनले लेखेका छन्, ‘केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो, यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु ।’