राजनीति

राष्ट्रपति भण्डारी दाङमा

By खबरहब

February 15, 2023

दाङ– राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आइपुगेकी छिन् । काठमाडौँबाट हेलिकप्टरमार्फत दाङ आइपुगेकी हुन् । 

लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद थपलियाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम  छ ।