प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

राप्ती नदीमा डुबेर एक युवाको मृत्यु

By खबरहब

February 15, 2023

चितवन– पूर्वी चितवनको रत्ननगर नगरपािलका-७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा डुबेको अवस्थामा माझीले देखेका थिए । घटनाका बारेमा इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार शवपरीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।