फाइल फोटो

ब्रेकिङ स्टोरी

कांग्रेसद्वारा मधेस प्रदेशसभा बैठक अवरोध

By खबरहब

February 15, 2023

जनकपुर- मधेस प्रदेशसभाको बैठकमा कांग्रेस सांसदहरूले अवरोध गरेका छन् । बुधबार दिउँसो सुरु भएको प्रदेशसभा बैठकमा कांग्रेसले सांसदहरूले अवरोध गरेका हुन् ।

प्रदेशसभा परिसरमा आफूले बोलाएका अतिथिलाई प्रवेश नदिइएको भन्दै कांग्रेस सांसदहरूले बैठकमा अवरोध पुर्‍याएका हुन् । 

सभामुख मण्डलले प्रदेशसभा परिसरमा अराजकता सिर्जना गर्ने, बैठकलाई अवरोध पुर्‍याउने खालका व्यक्तिलाई प्रवेश गर्न दिन नसकिने बताएका थिए ।