फाइल तस्वीर

राजनीति

प्रतिनिधिसभा बैठक : लाल अयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग

By खबरहब

February 15, 2023

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाल अयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरे ।  ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न सक्दैन । सदनमा पनि आन्दोलन सुरु हुने छ । नभए सडक पनि ठप्प हुनेछ,’ प्रतिनिधिसभा बैठकमा सांसद गंगाराम चौधरीले भने । 

टीकापुर घटनाबारे ०७३ असोज ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित उक्त आयोगको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन् ।