फाइल तस्वीर

राजनीति

काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले सरकारी निवासको सुविधा पाउने

By खबरहब

February 15, 2023

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले सरकारी निवासको सुविधा पाउने भएका छन् । कानून नै बनाएर महानगरले मेयर र उपमेयरलाई सरकारी निवासको सुविधा दिन लागेको हो ।

यसअघिका मेयरहरुले लैनचौरस्थित बेलायती दूतावास नजिकै रहेको भवनलाई सरकारी निवासको रुपमा प्रयोग गर्दै आएका थिए ।

यद्यपि पूर्वमेयर विद्यासुन्दर शाक्यले भने काठमाडौँमै निजी घर भएका कारण सरकारी निवास प्रयोग गरेका थिएनन् ।