देश/प्रदेश

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

February 15, 2023

काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगरमा ११ अन्तर्गत ठूलो बिउरेनी नजिकै बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी लेकबेसी नगरपालिकाका १५ का जितेन्द्र नेपाली मृत्यु भएको हो । दुर्घटनामा अरु दुई जना घाइते भएका छन् ।

बुधबार दिउँसो करिब साढे ३ बजे सुर्खेत बजारतर्फ आउँदै गरेको भे १ त ४४८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा वीरेन्द्रनगर ११ का २८ वर्षीय जीवन बादी र लेकबेसीका १५ वर्षीय सन्दिप सुनार घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।