फाइल तस्वीर

देश/प्रदेश

महाशिवरात्रिमा पशुपतिमा लाग्ने मेला बजारका लागि कम्पनी छनोट

By खबरहब

February 15, 2023

काठमाडौँ- महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा लाग्ने दुइहप्ते मेला बजारका लागि पशुपति क्षेत्र विकास कोषले अनलाइन टेन्डर प्रतिस्पर्धामार्फत आज कम्पनी छनोट गरेको छ ।

महाशिवरात्रिको दिनदेखि दुई हप्तासम्म पशुपतिनाथ क्षेत्रस्थित वनकालीमा मेला बजार सञ्चालन गरिँदैछ । मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने एमएमबीके एल इभेन्ट एण्ड बहुउद्देश्यीय कम्पनीलाई २० लाख ५० हजार रुपैयाँमा सञ्चालनको जिम्मेवारी दिइएको मेलाबजार तथा सजावट उपसमितिका संयोजक पूर्णसङ्गम जेठाराले जानकारी दिए ।

उनका अनुसार गत वर्षभन्दा यसपटक पाँच लाख ५० हजार रुपैयाँ बढीमा सो कम्पनीलाई मेला बजार सञ्चालन गर्न दिइएको छ । मेलामा बालबालिका एवं वयस्कका लागि रमाइलो पिङलगायतका खेलका साथै विभिन्न सामग्रीको किनमेल गर्न सकिने गरी आकर्षक बिक्री कक्ष सञ्चालन गरिने बताइएको छ । यसपटको महाशिवरात्रिको मुख्य अतिथिका रुपमा भारतबाट शङ्कराचार्य स्वामीको आगमनले पनि धेरै दर्शनार्थी र भक्तजनको भीड बढ्ने संयोजक जेठाराले बताए ।