प्रवास

कुवेतमा ज्यान गुमाएका र घाइते भएका १११ जनाको ब्लडमनी पठाइयो

By खबरहब

March 15, 2023

दोहा-कुवेतमा ज्यान गुमाएका तथा घाइते भएका १ सय १ जना नेपाली कामदारका परिवारले पाउने क्षतिपूर्ति अर्थात् ब्लडमनी बापतको रकम नेपाल पठाएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा घाइते भएका नेपालीहरूले कम्पनीबाट पाउनु पर्ने रकम दूतावासको पहलमा सम्बन्धित कम्पनीबाट उठाएर नेपाल पठाइएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार १०१ जना मृतक तथा घाइतेले पाउने रकम १ लाख ६९ हजार २४२ कुवती दिनार नेपाल सरकार,परराष्ट्र मन्त्रालय मातहतको सम्बन्धी निकायमा विभिन्न समयमा सो रकम ट्रान्सफर गरिएको जनाएको छ।

मृतक नेपालीहरूले पाउनुपर्ने बाँकी तलब, सर्भिस बेनिफिट, ब्लडमनी बापत रकम दूतावासको पहलमा सम्बन्धित कम्पनीहरुले दूतावासको खातामा जम्मा गराएका थिए।