फाइल तस्वीर

क्रिकेट

एकदिवसीय क्रिकेट : नेपाल बरीयतामा तीन स्थान माथि उक्लियो

By खबरहब

March 15, 2023

काठमाडौँ – नेपालले एकदिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलवार राति सार्वजनिक गरेको वरीयतामा तीन स्थानमा माथि उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ ।

जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथि अर्थात् १५ औं स्थानमा छ। नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा छ भने अस्ट्रेलिया दोस्रो स्थानमा छ।