मंसिर ४ को निर्वाचनको वरपर राजनीतिक दलले विगतको गल्ती कमी कमजोरी सच्याउँदै अब भने साँचो अर्थमा राष्ट्र र जनताको पक्षमा राजनीति गर्छौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पुस १० को एउटा समीकरण परिवर्तन र फागुन १२ को समीकरण परिवर्तनका मात्र उदाहरणलाई हेर्ने हो भने फेरि पनि धोकाधडी प्रतिसोधको राजनीति सुरु भइसकेको छ । राष्ट्र र जनताको समस्या एकातिर राजनीतिको चासो र चिन्ता अर्को तिर भइराखेको छ । यो समस्या समाधानको उपाय के हुनसक्छ ? यसै विषयमा आधारित रहेर पूर्व सचिव एवम् राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटासँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश ः
देशको अहिलेको स्थिति र त्यसको परिणाम के देख्नु हुन्छ ? अहिलेको देशको स्थितिमा नेताहरूको लापरबाही देखिएको छ। मुलुकको अर्थतन्त्र एक प्रकारले तहसनहस भएको छ । कोभिडको कारणले पनि अर्थतन्त्रलाई असर परेको छ। समाजवादी अर्थतन्त्रको विकास गर्न सक्नुपर्छ । तर हाम्रो देशको राजनीतिमा १० रेक्टरको भूकम्प नै जानुपर्छ तब मात्र विकास होला । जुन सिद्धान्त राजनीतिमा प्रयोग गरियो त्यसले काम गरेन ।
यो अवस्थामा अझ उन्नत खालको लोकतन्त्र समुन्नत खालको गणतन्त्र होला कि के हो ? अहिले प्रतिनिधि सभाबाट प्रधानमन्त्री छानिने पद्धति छ । त्यसको सट्टा जनताबाट नै प्रधानमन्त्री छान्ने राजनीतिक प्रणालीमा जानुपर्ने देखिएको छ । यो पद्धति असफल भएको देखिन्छ । तीन तहको सरकारको प्रभावकारीता नभएकाले दुई तहमा जानुपर्छ कि भन्ने पनि देखिएको छ । राजनीतिक उथलपुथल र भिडन्त के का निम्ति भइरहेको छ ? जति दल मिले पनि मुख्य कुरा भनेको देश र जनताको हितमा काम गर्नु हो । अहिलेको अवस्थामा मुलुकको आर्थिक समृद्धि कसरी गर्न सकिन्छ । वैदेशिक रोजगारमा ३५ लाख युवा गइराखेका छन् । तिनलाई देश भित्र नै स्वरोजगार कसरी प्राप्त गर्न सकिन्छ । नेपालमा प्रति वर्ष १ करोड मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । तर नेपालमा दुई करोड मेट्रिक टन खाद्यान्न कसरी उत्पादन हुन्छ त्यस बारेमा ख्याल गर्नुपर्छ । हस्तकलाका सामान बाहिरी देशमा बिक्री भइरहेको छ । त्यसबाट पैसा आइरहेको छ । त्यसलाई डबल तेब्बर कसरी गर्न सकिन्छ । नेपाललाई हिमालबाट कसरी आम्दानी गर्न सकिन्छ यस्ता र अन्य पक्ष पनि रहेका छन् । त्यसको सकारात्मक विकास कुन तरिकाबाट अगाडि बढाउन सकिएला भनेर दलले चिन्ता व्यक्त गर्दिए हुने थियो । तर अन्य पक्षमा मात्र तँछाडमछाड भएको छ । जनतालाई कसरी अगाडि बढाउने भन्ने तर्फ प्रेरित भएमा धेरै विकास तथा देशको स्तरमा विकास हुनुपर्छ जस्तो लाग्छ ।
केही नयाँ आएका दलबाट सकारात्मक काम होला जस्तो देखिएको छ ? मुख्य कुरा आशावादी नै भइएन भने निराशामा जाने भइयो । राजनीतिक दलमा जनताले भोटिङ गर्छन् । त्यसमा आएको भोट गणना गर्दा के कति मत आउँछ, त्यो सबैले मान्नु नै पर्छ । राजनीति तरल हुनसक्छ । त्यसले अर्थतन्त्रलाई तरल हुन दिँदैन । जनताको सेवा प्रभावमा तरलता हुन दिँदैन । बाह्य लगानीकर्ता जो आउँछन् त्यसमा कुनै तरलता आउँदैन । जनताले गरी खाने मेलोमेसोलाई राजनीतिले रोक्नु हुँदैन ।
हाम्रो राजनीतिको पद्धतिले नै गरिखाने मेलोमेसोको तयारी भएको छैन किन ? वास्तवमा दल कृषकलाई उठाउने दल हुनुपथ्र्यो । नेपालमा कृषि उत्पादन गर्न यो दल छ भन्ने हुन्थ्यो । फलानो दल उत्पादन मूलक रहेको छ भन्ने किसिमले प्रभाव आउन सक्थ्यो । यहाँ रहेका प्रदेशलाई एक अर्कोको परिपूरक बनाउन पाएको भए हुने थियो । त्यो नै हुन सकेन । सबै प्रदेश तथा ७५३ वटा पालिका पनि उस्तै हुने भए । राम्रो पक्षको रूपमा देशको विकास हुने थियो जस्तो लाग्छ । हाम्रो लागि एउटा पालिका अंगुर फल्ने अर्को पालिका पुरै धानै धान फल्ने हुनु आवश्यक थियो । यसले पक्कै पनि विकास भएको भान हुने थियो । अन्य पक्ष तथा सम्भावना युक्त र आर्थिक पक्षलाई जोडेर लैजानु पर्ने हो । तर राजनीतिक दलहरूको चासो देखिँदैन । त्यसमा नै नेताहरू चुक्न पुगेका हुन । (एभिन्युजसँगको सहकार्यमा तयार कुराकानी) प्रस्तुति : कुसुम गौतम