फाइल फोटो

राजनीति

विप्लव र कर्णजित नेतृत्वको दुई पार्टीबीच आज एकता हुँदै

By खबरहब

March 15, 2023

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी बीच पार्टी एकता हुने भएको छ ।

पार्टी एकताबारे जानकारी दिन दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले जानकारी दिएका छन्।

कमलादीस्थित प्रज्ञा भवनमा पार्टी एकताबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको छ।