ब्रेकिङ स्टोरी

उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने राप्रपाकाे निर्णय

By खबरहब

March 15, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  उपराष्ट्रपति निर्वाचनमा पनि मत नहाल्ने निर्णय गरेको छ । गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको राप्रपाले शुक्रबार हुने निर्वाचनमा पनि मत नहाल्ने निर्णय गरेको हो । 

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।  यही चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

 राष्ट्रपतिमा भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।