देश/प्रदेश

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

By खबरहब

March 15, 2023

काठमाडौँ- प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले गत पुस २४ गते ३६ लाख ८८ हजार रुपैयाँ बिगो र उत्तिनै रकम जरिवाना तथा १ लाख ४७ हजार ५ सय २० रुपैयाँ राहत कोषमा जम्मा गराई आठ दिन कैद हुने ठहर गरेपनि हालसम्म फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ जिल्ला गंगा जमुना गाउँपालिका वडा नं ६ हाल काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ६ खड्क भद्रकाली बस्ने ५० वर्षका पुरनबहादुर घले रहेको प्रहरीले जनाएको छ । उनलाई आज बिहान अन्दाजी ७ बजे खड्क भद्रकालीबाट नै पक्राउ गरिएको हो ।

हाल उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पठाइएको छ ।