राजनीति

सत्ता गठबन्धन दलको बैठक निश्कर्षविहीन

By खबरहब

March 15, 2023

काठमाडौं– सत्ता गठबन्धनको बैठक बिहीबार बस्नेगरि सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो । 

बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको र अर्को बैठक बिहीबार बस्ने गरी आजको बैठक सकिएको एक नेताले बताए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन दलका शीर्ष नेताहरुको सहभागीता रहेको थियो ।