तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

जापानको ऋण सहयोगमा भारतको मिजोरममा क्यान्सर अनुसन्धान केन्द्र स्थापना हुने

By खबरहब

March 15, 2023

काठमाडौँ- भारतको पूर्वोत्तर राज्य मिजोरममा क्यान्सर अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । जापान सरकारका ऋण सहयोगमा भारतले मिजोरममा क्यान्सर अनुसन्धान केन्द्रको स्थापना गर्न लागेको हो ।

भारतको केन्द्र सरकार र जापान सरकारबीच मिजोरममा क्यान्सर अनुसन्धान केन्द्र स्थापना गर्ने ऋण सम्झौतामा हस्ताक्षर भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

एएनआईका अनुसार जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) को आर्थिक सहयोगमा निर्माण लागिएको उक्त क्यान्सर केन्द्रको अनुमानित लागत ७ अर्ब भारतीय रुपैयाँ रहेको छ ।

मिजोरम राज्यको ऐजवालस्थित जेम्बाक क्षेत्रमा उक्त केन्द्र निर्माण गर्ने प्रस्ताव गरिएको छ । जनसङ्ख्याका आधारमा मिजोरम राज्यमा क्यान्सर रोगका पीडित अधिक रहेको बताइएको छ ।