ब्रेकिङ स्टोरी

परराष्ट्रमन्त्री बन्दै एनपी साउद

By खबरहब

April 15, 2023

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्रीमा नियुक्त हुने भएका छन् ।

मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन्। उनको शपथ भोलि दिउँसो ३ बजेका लागि तय भएको छ । 

साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नका लागि कांग्रेसले बालुवाटारमा पत्र समेत पठाइसकेको  बताइएको छ ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने समझदारी बनेको छ। यसअघि कांग्रेसले ४ जना मन्त्री मात्रै सरकारमा पठाएको छ ।