सांकेतिक तस्बिर

देश/प्रदेश

रौतहटको गढीमाईमा गोली चल्दा एक जनाको मृत्यु

By खबरहब

April 15, 2023

रौतहट– रौतहटको गढीमाई नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका कारण दुई पक्षबीच झडप हुँदा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो ।

 विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए  । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् । 

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीले जनाएको छ । 

गोली कसले चलायो भन्ने खुल्न सकेको छैन ।