राजनीति

राष्ट्रपति पौडेल बेलायती राजाको राज्याभिषेकमा सहभागी हुने

By खबरहब

April 15, 2023

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुने भएका छन्।

आगामी मे ६ मा हुने बेलायती राजा चार्ल्सको राज्याभिषेकमा  राष्ट्रपति पौडेल सहभागी हुने कार्यक्रम तय भएको शीतलनिवास स्रोतले जनाएको छ ।

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्स तृतीयले राजसिंहासन सम्हालेका थिए। 

वकिङघम राजप्रासादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई आमन्त्रण गरिने जनाइएको छ।