क्रिकेट

आईपीएल : बैंग्लोरको दोस्रो जित, दिल्लीको पाँचौ हार

By खबरहब

April 15, 2023

बैंग्लुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको छ ।

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले विराट कोहलीको अर्धशतकको मद्दतले ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । कप्तान फाफ डुप्लेसीले २२, महिपाल लोमररले २६, ग्लेन म्याक्सवेलले २४ र शाहबाज अहमदले २० रनको योगदान दिए ।

जवाफमा दिल्ली क्यापिटल्सको टोलीले निकै खराब सुरुवात गरेको थियो । ५३ रन नपुगेसम्म उनको आधा टोली पभिलियन फर्किएको थियो । कप्तान वार्नरले १९ रन बनाए भने पृथ्वी श र मिचेल मार्सले खाता खोल्न सकेनन् । यश धुलले मात्र १ रन बनाए ।

यसपछि मनिष पाण्डेले अर्धशतकीय पारी खेले तर अर्को छेउबाट विकेट बारम्बार गिरिरहेको थियो । दिल्लीको टोलीले अन्ततः २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाउन सक्यो ।

हारसँगै अङ्क तालिकामा दिल्ली १० औँ अर्थात् अन्तिम स्थानमा छन् । भने  बैंग्लोरले एक स्थान सुधार गर्दै सातौँ स्थानमा पुगेको छ ।