समाचार

३६ करोड महसुल नतिरेपछि उदयपुर सिमेन्ट उद्योगको बिजुली काटियो 

By खबरहब

May 15, 2023

उदयपुर – उदयपुर सिमेन्ट उद्योगको बत्ती काटिएको छ । बिद्युत् प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाए पछि आइतबार बिद्युत् काटिएको हो ।

नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला बत्तीसमेत काटिए पछि उद्योग थप संकटमा परेको छ ।

उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीले एक साता अघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिए पछि बिजुली काट्नु परेको जानकारी दिए ।

‘अहिलेसम्म गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता रहँदै आएको थियो तर सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि उद्योगलाई पत्र पठाएका थियौं। तर, पूर्ण रूपमा बिद्युत्‌लाई भुक्तानी गरिएन, त्यसपछि बाध्य भएर आइतबारदेखि बिजुली काटेका हौँ’ उनले भने ।