ब्रेकिङ स्टोरी

सरकारी वकिल कार्यालयमा पूर्व गृहमन्त्री खाँणको बयान सुरु

By खबरहब

May 15, 2023

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ ।

बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको बयान सुरु भएको हो । गत बिहीबार पक्राउ परेका पूर्व गृहमन्त्री खाँणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याइएको हो । 

टेकु परिसरको हिरासतमा ४ दिन देखी रहँदै आएका खाँणले सो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन । उनले हिजो पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’

यद्यपि, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफ्नो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।