ब्रेकिङ स्टोरी

नक्कली शरणार्थी प्रकरणबारे सदनमा जानकारी गराउन एमालेको माग 

By खबरहब

May 15, 2023

काठमाडौँ– नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएका अनुसन्धानका बारेमा सदनमा जानकारी गराउन माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गैरेले भ्रष्टाचारविरुद्ध सिंगो देश आन्दोलित भइरहेको अवस्थामा सरकारले यस विषयमा सदनमा जानकारी गराउन माग गरेका हुन् । उनले नक्कली शरणार्थी प्रकरणका विषयमा पटक पटक सदनमा आवाज उठेको र यसअघि सभामुखले दिएको निर्देशन सरकारले पालना नगरेको जिकिर गरे । 

उनले एमालेको बैठकले नै जघन्य अपराध गर्नेमाथि कारबाही गर्न माग गरेको भन्दै उनले यसको निष्पक्ष छानविन हुनुपर्नेमा जोड दिए ।