समाचार

हनुमानस्थानमा रहेको अनधिकृत संरचना भत्काइयो

By खबरहब

May 15, 2023

काठमाडौँ– काठमाडौं महानगरपालिकाले अनामनगर हनुमानस्थानमा रहेको अनधिकृत संरचना भत्काएको छ ।

हनुमानस्थानमा रहेको क्वानमुकान कराँते संघको प्रशिक्षण भवनलाई महानगरले भत्काएको हो । उक्त संरचना अनधिकृत रहेपछि भत्काइएको महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले जानकारी दिए । भवन भत्काउनु अघि संघका व्यक्तिहरूले विना जानकारी भत्काउन आएको र सामान निकाल्न पनि नदिएको गुनासो गरेका थिए । 

पाण्डेले भने पटक पटक जानकारी गराउँदा पनि भवन खाली नगरेपछि महानगरले डोजर लगाएको बताए । उनले महानगरको अनधिकृत संरचना हटाउने अभियानबाट फिर्ता नहुने स्पष्ट पारे ।