ब्रेकिङ स्टोरी

सभामुखद्वारा संसद्लाई रायमाझी पक्राउ परेको जानकारी 

By खबरहब

May 15, 2023

काठमाडौँ- सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी प्रतिनिधिसभालाई गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख घिमिरेले एमालेका सांसद रायमाझी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा पक्राउ परेको जानकारी गराएका हुन् । 

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीले गरेको व्यवस्थाअनुसार सांसद रायमाझी पक्राउ परेको जानकारी गराएका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई अनुसन्धानका लागि प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए ।