देश/प्रदेश

थप २१ जना कोरोना संक्रमित थपिए

By खबरहब

May 15, 2023

काठमाडौं– पछिल्लो २४ घन्टामा २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१ जनामाथि परिक्षण गर्दा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।

जसमध्ये पिसिआरबाट २५२ तथा एन्टिजेनबाट ८३९ जनामाथि परिक्षण गर्दा २१ जना नयाँ संक्रमित फेला परेका हुन ।

हाल १ सय १२ सङ्क्रमितहरूको उपचार भइरहेको छ भने ४८ हजार १ सय २० जनाले खोप लगाएको सो मन्त्रालयले जनाएको छ ।