सांकेतिक तस्बिर

देश/प्रदेश

ब्राउन सुगरसहित बर्दियामा एक भारतीय र दुई नेपाली पक्राउ

By खबरहब

May 15, 2023

बर्दिया- लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय र दुई जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका ९ गोडियनपुरुवाबाट ३ सय ६० ग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले गुलरिया–९ टेपरीका ३० वर्षीय अवधेश यादव र भारत उत्तर प्रदेश राज्य बहराईच घुम्ना भारुका २३ वर्षीय दीपककुमार पासवान लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ४० आर ३४१५ नम्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्दा उनीहरू पक्राउ परेको सूचना अधिकारी एवं डीएसपी बोहोराले जनाए । उनीहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।