कपिलवस्तु– सशस्त्र प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको छ ।
कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका ७ स्थित कोटियाबाट जेठ १ गते सशस्त्र प्रहरीले करिब १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको हो ।
भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको टायल, मेट्रिस र फेन्सी तथा कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुले बरामद गरेको हो ।
यसैगरी सोही जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट जेठ १ गते सशस्त्र प्रहरीले करिब ४४ हजार रुपैयाँ बराबरको मोटरपार्टस बरामद गरेको छ ।
भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोटरपार्टस सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुले बरामद गरेको हो ।
बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।