सांकेतिक तस्वीर

देश/प्रदेश

खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका युवक मृत फेला

By खबरहब

May 15, 2023

पाल्पा– पाल्पाको तिनाउ गाउँपालिका–१, कचलस्थित आरखोदी खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेका छन् ।

शनिबार आरखोदी खोलामा माछा मार्दै दोभानमा पुगेका ३२ वर्षीय भुपाल सुनारी पानीले बगाउँदा बेपत्ता भएका थिए । उनी सोमबार मृत फेला परेका हुन् ।

उनीसँगै माछा मार्न गएका २२ वर्षीय रुद्र खत्री र २४ वर्षीय राजन पुनले सुनारी हराएको जानकारी प्रहरीमा दिएपछि खोजतलास गर्दै जाँदा खोलामा ढुंगाको खोंचमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

सुनारीले लगाएको कपडा र चप्पल खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी चौकीले अनुसन्धान थालेको छ ।