फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

कोर्रा हान्ने र मृत्युदण्डको सजायबारे पुनरावलोकन गर्न तालिबानलाई राष्ट्रसंघको आग्रह

By खबरहब

May 15, 2023

काबुल- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानसमक्ष कोर्रा हान्ने र मृत्युदण्डको सजायबारे पुनरावलोकन गर्न आह्वान गरेको छ ।

अफगानिस्तानमा राष्ट्रसंघको सहायता मिसनका मानव अधिकार प्रमुख फियोना फ्राजेरले जारी गरेको विज्ञप्तिमा तालिबानले दिन यस किसिमका सजाय अन्तर्राष्ट्रिय कानूनविपरीत रहेको उल्लेख छ ।

उनले यस्ता सजाय तत्काल रोक्न माग गरेकी छिन् । यता तालिबानको नेतृत्वमा रहेको अफगानिस्तानको विदेश मन्त्रालयले भने मुलुकमा बसोबास गर्ने मानिसहरुले इस्लामिक कानूनको पालना गर्दै आएको भन्दै अफगानिस्तानको कानून इस्लाममा आधारित रहेको प्रस्टोक्ति दिएको छ ।

अन्तर्राष्ट्रिय कानून र इस्लामिक कानूनमध्ये एक मान्नुपर्ने अवस्था आए आफूहरुले इस्लामिक कानून पालना गर्ने तालिबानको भनाइ छ । सन् २०२१ को अक्टोबर महिनामा तालिबानले शासन सम्हालेयता अफगानिस्तानमा मृत्युदण्ड, यातना, मानवअधिकारको उल्लङ्घनजस्ता घटनामा वृद्धि भएको बताइन्छ ।