खेलकुद

शहीद भीमनारायण श्रेष्ठ फुटबल : वीरगञ्ज युनाइटेड फाइनलमा

By खबरहब

May 15, 2023

वीरगञ्ज : वीरगञ्ज युनाइटेड क्लब धनकुटामा जारी १५औँ शहीद भीमनारायण श्रेष्ठ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा वीरगञ्ज युनाइटेडले झापा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको २५औँ मिनेटमा वीरगञ्ज युनाइटेडका अम्मर डङ्गोलले गरेको गोल नै निर्णायक बन्यो । खेलको ‘म्यान अफ दी म्याच’ पनि डङ्गोल नै घोषित भए । उनले रु चार हजार पुरस्कार प्राप्त गरे ।

मङ्गलबार वीरगञ्ज युनाइटेड र प्लानिङ ब्वाइज काठमाडौँ बीच फाइनल खेल हुने आयोजक संस्थाले जनाएको छ । विजेता टोलीले उपाधिसहित रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।