खेलकुद

अष्ट्रेलियाका तीन खेलाडी शीर्ष तीन वरियतामा

By खबरहब

June 15, 2023

काठमाडौं– आइसीसीको टेस्ट वरियतामा एकै देशका तीन खेलाडी शीर्ष तीनमा पर्न सफल भएका छन् ।

क्रिकेट इतिहासको ४० वर्षपछि अष्ट्रेलियाका तीनजना खेलाडी शीर्ष तीनको वरियतामा पर्न सफल भएका हुन । 

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई २ सय ९ रनले हराए लगत्तै अष्ट्रेलियाका तीन ब्याटर शीर्ष तीनको वरियतामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइसीसीको नयाँ वरियता अनुसार टेस्टको शीर्ष स्थानमा मार्नस लाबुसेन, दोस्रो स्थानमा स्टिभ स्मिथ र तेस्रो स्थानमा ट्रर्विस हेड छन् । हेडले तीन र स्मिथले एक स्थान सुधार गरेर शीर्ष तीनमा पुगेका हुन । 

सन् १९८४ पछि पहिलो पटक टेस्ट वरियतामा एकै ब्याटर शीर्ष तीनमा परेका हुन । १९८४ डिसेम्बरमा वेस्ट इन्डिजका ग्रोर्डन ग्रीनिज शीर्ष, क्लाइभ लियोर्ड दोस्रो र ल्यारी गोम्स तेस्रो स्थानमा थिए ।