ब्रेकिङ स्टोरी

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

By खबरहब

June 15, 2023

काठमाडौं– संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ ।

बुधबार उजुरीकर्तासँग छलफल गरेपछि आज समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सुनुवाइका लागि बोलाएको हो ।

कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।