ब्रेकिङ स्टोरी

बैकुन्ठ अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी

By खबरहब

June 15, 2023

काठमाडौं– सरकारले असार ३ मा अवकाश पाउन लागेका सचिव बैकुन्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ ।

 उनी अहिले प्रधानमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा छन् । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिव बनाउन लागेको हो ।

अहिलेका मुख्यसचिव शंकरदाश बैरागीलाई भने संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाएर पठाउने तयारी गरिएको छ । बैरागीको ३ वर्षे कार्यकाल २०८० असोज १४ सम्म बाँकी छ । 

 बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएर यस्तो निर्णय गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ  ।

असार २ भित्रै अर्याललाई मुख्यसचिव बनाउन नसके उनी स्वतः अवकाशमा जानेछन् । त्यही भएर उनलाई असार २ अगाडि नै मुख्यसचिव बनाउने गरी सरकारले यस्तो निर्णय लिन लागेको हो ।