ब्रेकिङ स्टोरी

प्रस्तावित प्रधानन्यायाधीश कार्की र सांसदहरूबीच शुक्रबार सवालजवाफ हुने

By खबरहब

June 15, 2023

काठमाडौँ– प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रश्न सोध्ने र जवाफ माग्‍ने आजको कार्यक्रम शुक्रबारलाई सारिएको छ । समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराका अनुसार आजै संसद् बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको हो ।

शुक्रबारको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची रहेको जबराले बताए ।

आजको संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्ना अनुभव सुनाएका थिए । कार्कीले आजको बैठकमा आफ्नो कार्ययोजनाहरू प्रस्तुत गरेका थिए ।