ब्रेकिङ स्टोरी

बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त 

By खबरहब

June 15, 2023

काठमाडौँ– सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

बैकुण्ठ अर्यालले २ असारमा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउँदै थिए। त्यसअघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गरेको हो।

यसअघि सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए।

यसैबीच सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ ।