राजनीति

अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिर्यो : सांसद आले

By खबरहब

June 15, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको बताएर पर्यटनमन्त्री सुदन किरातीप्रति व्यङ्ग्य गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किरातीले लुकाएको आरोप लगाउँदै अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिरेको बताएका हुन् ।

‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमल्य मूर्ती चोरियो,’ बैठकमा उनले भने ।