ब्रेकिङ स्टोरी

कृष्ण पहाडीसहित मानवअधिकारवादीहरू पक्राउ

By खबरहब

June 15, 2023

काठमाडौं– कृष्ण पहाडी लगायत मानवअधिकारकर्मी पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै बानेश्वर पुगेका अधिकारकर्मी पहाडीसहित पक्राउ परेका हुन । 

शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई उम्काएको तथा अरुलाई पनि कारबाही नगरी छाडन खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । 

निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।