फाइल फोटो

आर्थिक

सेयर बजारमा झिनो अंकको वृद्धि

By खबरहब

June 15, 2023

काठमाडौँ– चालु साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

बुधबार नेप्सेमा ५ अर्बको कारोबार भएको थियो । बजारमा सामान्य सुधार आँउदा बिहीबार शिवम् सिमेन्ट्सको सेयर सबैभन्दा धेरै खरिदबिक्री भएको छ।

यस दिन २७० कम्पनीको ७८ लाख ९६ हजार कित्ता सेयर कारोबार भएको छ । करिब १८ करोड रुपैयाँसहित कारोबार रकमसहित शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

 होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी चमक देखिएको छ । यसैगरी, बिमा समुहहरूमा पनि सुधार जारी छ ।