ब्रेकिङ स्टोरी

अनुसन्धानमा कुनै हस्तक्षेप छैन : गृहमन्त्री

By खबरहब

July 15, 2023

चितवन– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सबैखाले बेथिति, विकृति र भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् । 

आज चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाएको र प्रहरीलाई अनुसन्धान प्रक्रियामा स्वतन्त्र छाडेको स्पष्ट पारे ।

गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने बताए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए ।

सरकारले अहिले नक्कली भुटानी शरणार्थी, ललिता निवास तथा मिटरब्याज प्रकरणमा विशेष प्राथमिकताका साथ अनुसन्धान गरिरहेको छ ।