देश/प्रदेश

रानी जमरामा बगेका दुई मध्ये एक बालिकाको उद्धार

By खबरहब

July 15, 2023

टीकापुर– कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बगेका दुई बालिका मध्ये एक बालिकाको उद्धार गरिएको छ।

शनिबार नुहाउने क्रममा दुई बालिका बगेका थिए। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरकी ९ वर्षीया आकृति चौधरी र ८ वर्षीया शिवानी चौधरी बगेकोमा आकृतिको उद्धार गरिएको हो। 

बेपत्ता बालिकाको भने खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।