खेलकुद

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइडेड विजयी

By खबरहब

August 15, 2023

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति घरेलु मैदान ओल्ड ट्रोफोर्डमा भएको खेलमा वुल्भरह्याम्पटनलाई १–० गोलले हराउँदै युनाइटेडले विजयी सुरुवात गरेको हो ।

युनाइटेडका राफेल भरानले निर्णायक गोल गरेका थिए । उनले खेलको ७६औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि पर्याप्त बनेको थियो ।

यो जितसँगै म्यानचेस्टर युनाइटेडले लिगमा ३ अंक जोडेको छ ।